प्रधानमन्त्री भन्छन् : अब दरबार हत्याकाण्ड, गौर हत्याकाण्डको छानबिन गरिन्छ

हिमाल प्रेस १६ जेठ २०८० १४:१७
24
SHARES
प्रधानमन्त्री भन्छन् : अब दरबार हत्याकाण्ड, गौर हत्याकाण्डको छानबिन गरिन्छ

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्‍याएर छोड्ने बताएका छन्। आज मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी सल्लाहकार समिति र जेष्ठ कम्युनिस्ट मञ्चक संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्डलगायतका हत्याकाण्डहरुको अुनसन्धान गरी निचोडमा पुग्ने उनको भनाइ छ। उनले २०४६ सालको जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजिनीति गर्ने पनि प्रतिवद्धता व्यक्त गरे।

‘मैले सदनमा पनि भनेको छु अब भ्रष्टाचारका सबै फाइलहरू खोलिनेछन्। क्रमशः खुल्छन् । खुलाइन्छन्। मैले भनेको छु, २०४६ सालको ऐतिहासिक जनआन्दोलनपछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणहरूको बारेमा खोजिनीति गरिन्छ,’ उनले भने, ‘ठूलाठूला भ्रष्टाचारका काण्ड भनेर जो स्थापित छन्, तिनको खोजिनीति गरिन्छ। ठूलाठूला भयानक हत्याकाण्डहरू छन्, ती हत्याकाण्डहरूको खोजिनीति गर्नुछ। चाहे त्यो गौर हत्याकाण्ड होस् चाहे दरबार हत्याकाण्ड।’

विभिन्न हत्याकाण्डबारे नेपाली जनताको मनमा धेरै शंका रहेको भन्दै यसलाई टुंगोमा पुर्‍याएरै छोड्ने उनको दाबी छ।

‘नेपाली जनताको मनमा धेरै ठूलाठूला शंकाहरु छन् । के भएको हो भन्नेकुराको सत्यतथ्य आएको छैन। यी सबैकुराहरु पनि हामीले क्रमशः लगेर नयाँ विश्वास जनतामा जगाउनु छ । अब केही हुन्छ र हुनसक्छ भनेर’ उनले भने।

प्रधानमन्त्री दाहालले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको ग्यारेन्टी हुनेगरी छलफल गर्ने प्रतिवद्धता जनाए। भारत भ्रमणमा सीमानाका विवादको समाधान गर्ने उपाय खोज्ने र विश्वासको वातावरण बनाउन पहल गर्ने उनको भनाइ छ। उहाँले आफू अहिले युवा अवस्थाको भन्दा बढी खटिरहेको बताए।

प्रकाशित: १६ जेठ २०८० १४:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 11 =