भ्रष्टाचारविरुद्ध जनयुद्धको मानसिकताले हामफालेको अनुभव भएको छ : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस १३ जेठ २०८० १६:२१
4
SHARES
भ्रष्टाचारविरुद्ध जनयुद्धको मानसिकताले हामफालेको अनुभव भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध जनयुद्धको मानसिकता लिएर हाम फालेको बताएका छन्। उनले शनिबार काठमाडौँको साँखुमा आयोजित कार्यक्रममा विकृति, विसंगति र भ्रष्टाचारविरुद्धको लडाईंमा जनयुद्धको मानसिकताका साथ हामफालेको अनुभव भएको बताएका हुन्।

जनयुद्ध सुरु गर्दा मृत्युवरण गरेर हामफालेको भन्दै अहिलेको लडाईंमा पनि कतिबेला एम्बुस र घात प्रतिघातमा पर्ने हो टुंगो नरहेको उनले बताए। मुलुकमा देखिएको ठूलाठूला भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा जनताले साथ दिने उनको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले जस्तोसुकै समस्या आए पनि भ्रष्टाचारका विरुद्धको लडाई नरोकिने बताए। संसद्मा विचार र राजनीतिले नभई सबै संख्याको खेल हुने भएकाले देशको नेतृत्व लिने संख्यामा माओवादी नरहे पनि विभिन्न कारणले अहिले सरकारको नेतृत्वमा माओवादी पुगेको उनको भनाइ थियो।

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्वमा पुगेको दिनदेखि माओवादी पार्टी र नेतृत्वलाई अपमानित गर्ने र घेराबन्दी गर्ने कसरत भइरहेको पनि उनले बताए।

प्रकाशित: १३ जेठ २०८० १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =