आजको मौसम : कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना

हिमाल प्रेस ९ जेठ २०८० ६:२५
6
SHARES
आजको मौसम : कोशी र मधेश प्रदेशमा हावाहुरीको सम्भावना फाइल तस्बिर। हिमाल प्रेस

काठमाडौँ– नेपालमा मंगलबार (आज) चट्यांगसहित वर्षा र हावाहुरी आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेकाले मौसममा यस्तो बदली देखिने भएको हो।

महाशाखाका अनुसार हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा हलुका वर्षाको सम्भावना रहेको छ।

दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती , गण्डकी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ।

राति भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा चट्यांग पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ९ जेठ २०८० ६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =