नीति तथा कार्यक्रममाथि छलफल जारी [LIVE]

हिमाल प्रेस ८ जेठ २०८० ११:२६
4
SHARES

काठमाडौँ- सोमबारको प्रतिनिधिसभा बैठक सुरु भएको छ। बिहान ११ बजे सुरु भएको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ।

सांसदहरुले नीति तथा कार्यक्रममाथि धारणा राखिरहेका छन्। आइतबारबाट नीति तथा कार्यक्रममाथिको छलफल सुरू भएको हो।

आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

प्रकाशित: ८ जेठ २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =