सहरमा आज : नक्सालमा च्यारिटी कन्सर्ट, गुरुकुलमा ‘आधा अपूरो’

सुस्मिता बजगाईं ६ जेठ २०८० ६:०५
142
SHARES
सहरमा आज : नक्सालमा च्यारिटी कन्सर्ट, गुरुकुलमा ‘आधा अपूरो’

गृष्म ऋतुका बेला। राजधानीको मौसम त्यति सफा छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार पनि बदली रहनेछ। बिदाको दिन भए पनि बदली भएका बेला कतै भ्रमणमा जान त्यति अनुकूल नहोला। त्यसैले राजधानीका फिल्म हल, थिएटर वा पुस्तक विमोचन कार्यक्रम तपाईँका लागि गन्तव्य हुन सक्छ।

हलमा नेपाली, अंग्रेजी र हिन्दी फिल्म प्रदर्शन भइरहेका छन्। नाट्यघरमा विभिन्न नाटक मञ्चन जारी छ। साहित्यका पारखी हुनुहुन्छ भने पुस्तक विमोचन समारोहमा गएर साहित्यकारको बीचमा केहीबेर रमाउन सकिन्छ। राजधानीका कुनकुन ठाउँमा केकस्ता फिल्म, नाटक मञ्चन, पुस्तक विमोचनलगायतका गतिविधि भइरहेका छन् त?

अनुप्रस्थ ब्यान्डको च्यारिटी कन्सर्ट

नेपाली संगीत ब्यान्ड अनुप्रस्थले आज (शनिबार) नक्सालमा च्यारिटी कन्सर्ट गर्दै छ। गरिब तथा विपन्न परिवारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले काल्म, टङगालवुडमा अनुप्रस्थ फाउन्डेसनले ‘म्युजिक टु हिल एन्ड हेल्प’ नामक कन्सर्ट आयोजना गरेको हो।

कन्सर्टमा अनुप्रस्थ, सविन राई एन्ड द फारोह, कबवेब, द एस्क ब्यान्ड, द एलिमेन्ट्स, इन्दिरा जोशी एन्ड ब्यान्ड, परिवर्तन ब्यान्ड, पहेँलो बत्ती मुनीलगायतका ब्यान्डसहित स्वप्निल शर्मा, मेलिना राई, दोङ र क्याप्टेन विजय लामाको प्रस्तुति रहनेछ।

कन्सर्ट दिउँसो १२ बजेदेखि सुरु हुनेछ। कन्सर्टमा सहभागी हुन व्यक्तिगत र संस्थागत गरी दुई प्रकारको टिकटको व्यवस्था गरिएको छ। व्यक्तिगत टिकटको दर दुई हजार रुपैयाँ छ भने संस्थागततर्फ दुई हजार पाँच सय रुपैयाँ तोकिएको छ।

गुरुकुलमा ‘आधा- अपुरो’

थापागाउँस्थित आरोहण गुरुकुल (कुञ्ज थिएटर) मा नाटक ‘आधा-अपूरो मञ्चन भइरहेको छ। काव्य आर्ट र आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा जेठ ५ गतेदेखि मञ्चन भएको नाटक आगामी जेठ २२ सम्म मञ्चन हुनेछ।

शंकर पोखरेलको परिकल्पना र निर्देशन रहेको नाटकका लेखक मोहन राकेश हुन्। नाटक सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त मञ्चन हुनेछ।

ओजस थिएटरमा ‘मृत्यु कुण्ड’

रातोपुलस्थित ओजस (शैली) थिएटरमा वैशाख २० देखि नाटक ‘मृत्यु कुण्ड’ मञ्चन भइरहेको छ। जेठ १५ सम्म मञ्चन हुने नाटकमा रविन दोङको लेखन र निर्देशन छ। प्रमोद बाबुको निर्माण रहेको नाटकमा विशाल महर्जन, अजय बान्तवा राई, सबिना तामाङ, विवेक घिमिरे, राजु खतिवडा, शिशिर भट्टराई, शालु रौनियार, उदीप शिवाकोटीलगायतको अभिनय छ।

नाटक बिहीबारबाहेक हरेक दिन बेलुका सवा ५ बजेदेखि मञ्चन हुनेछ। बुधबार र शनिबार दिउँसो १ बजे पनि नाटक मञ्चन हुनेछ।

पुरानो नाटकघरमा ‘चे इज ब्याक’

सिनामंगलस्थित पुरानो घर थिएटरमा वैशाख १५ गतेदेखि ‘चे इज ब्याक’को मञ्चन जारी छ। जेठ ७ गतेसम्म चल्ने नाटकका निर्देशक कुन्दन थारू हुन्।  नाटकमा द्वन्द्वकालमा अभिभावक गुमाएपछि राजधानीमा डेरामा बस्दै आएका एक पत्रकारको संघर्षको कथा छ।

सुलक्षण भारतीको लेखन रहेको नाटकमा रितेश कार्की, निशा दाहाल, अरुण पौडेल, मोनाली डंगोल, जयराम ढकाललगायत कलाकारको अभिनय छ। नाटक बुधबारबाहेक हरेक दिन बेलुका साढे ५ बजे मञ्चन हुनेछ। साथै शनिबार साढे १ बजेको अतिरिक्त मञ्चन हुँदै छ।

फ्राइडे कन्फ्युजन

कथाकार जयराज भट्टराईको कथासंग्रह ‘फ्राइडे कन्फ्युजन’ को आज लोकार्पण हुँदैछ। दिउँसो तीन बजे बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा पुस्तकको लोकार्पण हुने कार्यक्रम छ।

द लोटस अफ द डिभाइन

ठमेलस्थित द कला सैलुनको पाँचौँ फ्लोरमा मे १८ अर्थात जेठ ४ गतेदेखि ‘द लोटस अफ द डिभाइन’ चित्रकला प्रदर्शनी भइरहेको छ। प्रदर्शनी २७ मे अर्थात् जेठ १३ गतेसम्म चल्नेछ। निकिता सिंहले संकलन गरेकी पिचवाई चित्रहरुको संग्रह प्रदर्शनमा राखिएको छ।

कुन हलमा कुन फिल्म?

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपाली फिल्म ‘डाकिनी’, ‘ए सुन साथी’, ‘हल्कारा’, ‘ज्याकी’, ‘प्रसाद २’, ‘जारी’ चलिरहेका छन्।
हिन्दीमा ‘छत्रपति’ ‘द केरला स्टोरी’ र अंग्रेजीमा ‘फास्ट एक्स’, ‘गार्डियन्स अफ द ग्यालक्सी’, ‘इभिल डेड राइज’ प्रदर्शन भइरहेका छन्।

डाकिनी

जेठ ५ गतेदेखि फिल्म ‘डाकिनी’ नेपालका सीमित हलमा प्रदर्शन भइरहेको छ। बौद्ध धर्मगुरु खिन्से नोर्बु ‘जोङसार खिन्से रिम्पोछे’को निर्देशनमा बनेको फिल्म ड्रामा जनरामा बनेको छ।

भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलको मुख्य भूमिका रहेको फिल्ममा नेपाली कलाकार कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको अभिनय छ।

म्याक्स दीपेश खत्री निर्माता रहेको फिल्ममा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, लबिम मल, एफक्युब सिनेमाज, बिग मुभिज, अनुपम मलस्थित सीके सिनेमाजमा फिल्मको सो छ।

ए सुन साथी

फिल्म ‘ए सुन साथी’ जेठ ५ गतेदेखि हलमा प्रदर्शन भइरहेको छ। लभस्टोरी, थ्रिलर र कमेडी जनरामा बनेको फिल्मका लेखक तथा निर्देशक राम राघव आचार्य हुन्। वर्षा शिवाकोटी र रमेश बानियाँको मुख्य भूमिका रहेको फिल्ममा अन्य कलाकार आयान खड्का, स्व.जयनन्द लामा, सुशील पोखरेल, रमेश अधिकारी, विमला गिरी, बाल कलाकार कृष्मा खड्का र इभान सञ्जेलको अभिनय छ।

उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाज, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, सिटी म्याक्स सिनेमामा फिल्म प्रदर्शनरत छ।

जारी

वैशाख १ गतेदेखि प्रदर्शन भएको फिल्म ‘जारी’ देशभरका सिनेमा हलमा चलिरहेको छ। फिल्मका निर्देशक उपेन्द्र सुब्बा हुन्। लिम्बू जातिमा रहेको जारी कथामा आधारित फिल्ममा कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बु, प्रेम सुब्बा, अनिल सुब्बा, पुस्कर गुरुङलगायतको अभिनय छ।
उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, अनुपम मलस्थित सीके सिनेमाजमा ‘जारी’ प्रदर्शनरत छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीडीसी सिनेमाज, बीएसआर मुभिज ‘जारी’ चलिरहेका अन्य हल हुन्।

हल्कारा

फिल्म ‘हल्कारा’ वैशाख २९ देखि देशभर प्रदर्शन भइरहेको छ। विक्रम सापकोटाको लेखन र निर्देशन रहेको फिल्म कमेडी जनरामा बनको छ। फिल्ममा गाउँमा चिठी पुर्‍याउने हल्काराको कथा छ।

महेश त्रिपाठी र विनिता थापामगर मुख्य भूमिका रहेको फिल्ममा उमेश तामाङ, पशुपति राई, स्व.दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ।
आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, रञ्जना सिनेपलेक्स, सीडीसी सिनेमाजमा फिल्मको सो छ।

ज्याकी : आई एम ट्वान्टी वान

वैशाख २१ गतेदेखि देशभर फिल्म हलमा ‘ज्याकी : आई एम ट्वान्टी वान’ प्रदर्शन भइरहेको छ। रेनसा राईको पटकथा र निर्देशन रहेको फिल्म डान्स ड्रामा जनरामा बनेको छ। धीरज मगर र जसिता गुरुङ मुख्य भूमिकामा रहेको फिल्ममा अन्य कलाकार अरुण क्षेत्री, प्रेम सुब्बा, लोनिभा तुलाधर, सुजता राई, सूर्यमान लिम्बुलगायतको अभिनय छ।

आज उपत्यकामा वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मलमा फिल्मको सो छ।

प्रसाद २

सुदर्शन थापा निर्देशित फिल्म ‘प्रसाद २’ वैशाख १५ गतेदेखि देशभरका हलमा प्रदर्शन भइरहेको छ। अन्तरजातीय प्रेमकथामा आधारित फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा अनुपम मलस्थित सीके सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘प्रसाद २’ प्रदर्शनरत छ।

द केरला स्टोरी

हिन्दी फिल्म ‘द केरला स्टोरी’ वैशाख २२ देखि नेपालमा प्रर्दशन भइरहेको छ। फिल्मका निर्देशक सुदिप्तो सेन हुन्। कमेडी जनरामा बनेको फिल्ममा अदा शर्मा, योगिता बिहानी, सोनिया बलानी, सिद्धी इदनानीलगायत कलाकार छन्।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, दरबार सिनेम्याक्स, लबिम मल र सिभिल मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सिके सिनेमाज, विश्वज्योति हल, सीटीसी मलस्थित सीडीसी सिनेमाज, बीएसआर मुभिज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘द केरला स्टोरी’ प्रदर्शन भइरहेको छ।

छत्रपति

वैशाख २९ गतेदेखि हिन्दी फिल्म ‘छत्रपति’ नेपालका हलमा चलिरहेको छ। एक्सन र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक भिभी विनायक हुन्।

फिल्ममा साई श्रीनिवास, बेल्लमकोन्डा, श्रीनिवास, नुश्रत भरुचा, शरद केलकरलगायतको अभिनय छ। यो फिल्म सन २००५ मा रिलिज भएको दक्षिण भारतीय तलेगु फिल्म ‘छत्रपति’को हिन्दी रिमेक हो।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र आइएनआइ सिनेमाअन्तर्गत लोत्से मलमा फिल्मको सो छ।

फास्ट एक्स

अंग्रेजी फिल्म ‘फास्ट एक्स’ जेठ ५ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। लुइस लेटरियरको निर्देशनमा रहेको फिल्ममा विन डिजेल, मिसेल रोड्रिग्वेज, जेनस मोमोआ, जोन सेनालगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर र भाटभटेनी भक्तपुरमा फिल्मको सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, राइजिङमलस्थित क्यूएस सिनेमाज, अनुपम मलस्थित सीके सिनेमाजमा ‘फास्ट एक्स’ फिल्म प्रदर्शनरत छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, विश्वज्योति सिनेप्लेक्स, रञ्जना सिनेपलेक्स, कीर्तिपुर सिनेप्लेक्स, सीडीसी सिनेमाज, बीएसआर मुभिज, अष्टनारायण हल ‘फास्ट एक्स’ चलिरहेका अन्य हल हुन्।

गार्डियन्स अफ द ग्यालक्सी

वैशाख २२ गतेदेखि नेपालका हलहरुमा अंग्रेजी फिल्म ‘गार्डियन्स अफ द ग्यालक्सी’ चलिरहेको छ। एक्सन एडभेन्चर र कमेडी जनरामा बनेको फिल्मका निर्देशक जेम्स गन हुन्। फिल्ममा क्रिस प्राट, जो साल्दाना, डेभ बाउटिस्टा, विन डिजललगायत कलाकारको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।
वान सिनेमाज अन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, बिग मुभिज र रञ्जना सिनेप्लेक्स, ‘गार्डियन्स अफ द ग्यालक्सी’ प्रदर्शनरत छ।

इभिल डेड राइज

अंग्रेजी हरर फिल्म ‘इभिल डेड राइज’ २१ अप्रिल अर्थात वैशाख ८ गतेदेखि नेपालका हलहरुमा प्रदर्शन जारी छ। फिल्मका निर्देशक ली क्रोनिन हुन्। फिल्ममा एलिसा सदरल्यान्ड, लिली सुलिवान, मोर्गन डेभिसलगायतको अभिनय छ।

आज उपत्यकामा क्यूएफएक्स सिनेमाघरअन्तर्गत छाया सेन्टर, र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: ६ जेठ २०८० ६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =