निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर दम्पतीकै मृत्यु

हिमाल प्रेस १ जेठ २०८० ११:५८
6
SHARES
निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर दम्पतीकै मृत्यु सांकेतिक तस्बिर।

नवलपरासी- नवलपरासी(बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर दम्पतीको मृत्यु भएको छ।

जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु-२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए।

नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरूलाई नदीले बगाएको थियो।

आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए।

प्रकाशित: १ जेठ २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =