गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, दीपक मनाङेसहितलाई शपथ गराउने तयारी

हिमाल प्रेस २९ वैशाख २०८० १५:१०
6
SHARES
गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, दीपक मनाङेसहितलाई शपथ गराउने तयारी मुख्यमन्त्री सुरेन्द्र पाण्डे

पोखरा- गण्डकी प्रदेश सरकारको आज दोस्रोपल्ट मन्त्रिमण्डल विस्तार हुँदैछ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीहरुको नियुक्तिसँगै दिउँसो ४ बजे सपथ ग्रहणको तयारी गरेका छन्।

गत १४ वैशाखमा मुख्यमन्त्री नियुक्त पाण्डेले भोलिपल्ट सपथ ग्रहण गर्दा ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए। गण्डकीमा हाल कायम ७ मन्त्रालयमा अब ४ मन्त्रीहरुको नियुक्त हुन बाँकी छ।

यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी र सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) बाट सुशीला सिंखडालाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो। अर्याल सरकारका प्रवक्तासमेत हुन्।

आज मन्त्रिमण्डल बिस्तारसँगै मन्त्रीहरुको कार्यविभाजन पनि तोक्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनायो। मुख्यमन्त्रीले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। माओवादीबाट रेशमबहादुर जुग्जाली मन्त्री बन्ने पक्का छ। दीपक मनाङे समाजवादीबाट मन्त्री बन्ने सम्भावना छ।

मन्त्रिमण्डल बिस्तार पूर्व बिहीबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयको नाम र जिममेवारी तोक्ने निर्णय गरेको थियो। जसअनुसार गण्डकीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कायम भएका छन्।

यस्तै, ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, कृषि तथा भूमि व्यवस्था मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय रहने छन्।

सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभेको छ। कृषि ऊर्जा तथा जलस्रोत मन्त्रालयबाट ऊर्जा, जलस्रोत तथा खानेपानी र कृषि मन्त्रालय फरक फरक बनाइएको छ। कृषिमा यसअघि अर्थ मन्त्रालयमा रहेको भूमि व्यवस्थालाई गाभिएको छ।

प्रकाशित: २९ वैशाख २०८० १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =