प्रधानमन्त्री भन्छन् : भ्रष्टाचारविरुद्धको नयाँ लडाइँ सुरु भयो, जनयुद्धको जस्तै साथ चाहियो

हिमाल प्रेस २६ वैशाख २०८० १३:०४
10
SHARES
प्रधानमन्त्री भन्छन् : भ्रष्टाचारविरुद्धको नयाँ लडाइँ सुरु भयो, जनयुद्धको जस्तै साथ चाहियो

काभ्रे- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रणका लागि एउटा नयाँ लडाइँ सुरु भएको बताएका छन्। काभ्रेको महाभारत गाउँपालिकामा सडक तथा ग्रामीण विद्युतीकरण कार्यक्रमको आज शिलान्यास गर्दै उनले नयाँ लडाइँ सुरु भएको भन्दै त्यसका निम्ति जनयुद्धको जस्तै साथ पार्टी र आफूलाई चाहिएको बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले विकास र समृद्धिबिना अन्यायको अन्त्य र समाजवादको नयाँ युग सुत्रपात गर्न नसकिने उल्लेख गर्दै भने, ‘त्यसमा पनि तपाईंहरूको हिजोको जस्तो साथ सहयोग आवश्यक छ। म तपाईहरूसँग अपिल गर्न चाहन्छु।’

उनले आफूले सरकारको नेतृत्व सम्हालेदेखि नै तीन वटा शब्दलाई बढी महत्व दिएको बताए। उनले भने, ‘अन्यायमा परेकालाई न्याय चाहियो। समानता चाहियो। तिनीहरूलाई पनि अधिकार चाहियो। सामाजिक न्याय भनेको त्यहि हो। सुशासन भनेको हाम्रो देशमा विसंगति, विकृति र भ्रष्टाचारले विकरात रुप लिएको छ। जबसम्म भ्रष्टाचारलाई अन्त्य गरिँदैन नेपाली जनताले सुख र समृद्धिको दिन देख्न पाउने छैनन्।’

उनले जनता सबैको साथ र सहयोगसहितको प्रतिवद्धता भए अबका पाँच वर्षमा एउटा रेकर्ड बनाउने उनले विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आएको बताउँदै आसन्न भारत भ्रमणमा विद्युत् बिक्री र उत्पादनका विषयहरूमा केही नयाँ सहमति सम्झौता हुने स्थिति रहेको बताए।  रासस

प्रकाशित: २६ वैशाख २०८० १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 11 =