प्रदेशको पुनःनामकरण माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा

हिमाल प्रेस २५ वैशाख २०८० १७:३५
6
SHARES
प्रदेशको पुनःनामकरण माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचान पक्षधरले केही दिनअघि गरेको आन्दोलन रोक्न खटिएका प्रहरी

इटहरी- प्रदेशको पुनः नामकरण गर्न माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ। ‘कोशी’ नाम खारेज गरी प्रदेशको नाम पुनः राख्न माग गर्दै ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

आन्दोलनका कार्यक्रमहरूमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरू र दलका शीर्ष नेताहरूका विरुद्धमा विरोध जारी रहेको भूमिमा उनीहरूलाई बहिष्कार गर्ने उल्लेख छ।

आज (सोमबार) जारी विज्ञप्तिअनुसार वैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शनको कार्यक्रम रहेको छ। त्यस्तै वैशाख २८ गतेदेखि प्रदेशसभाका ८२ जना सांसद र उनीहरूका शीर्ष नेता हिँड्ने बाटो, बस्ने होटेलमा विरोधका कार्यक्रम तोकिएको छ।

त्यस्तै उनीहरूको शिर्ष नेताले खाने स्थान, सहभागी हुने कार्यक्रम तथा बैठक स्थलहरूमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन राईले जानकारी दिए।

वैशाख २८ गतेदेखि जिल्लाहरूमा आमसभा, संघर्ष समिति विस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झन्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियान सञ्चालन गर्ने योजना छ। त्यस्तै जेठ दोस्रो साता संघर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय तहका सबै नेतृत्व पङ्क्तिको बृहत् भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेशसभा केन्द्रित विशाल जनप्रदर्शनको तयारी गर्ने अध्यक्ष राईले जानकारी दिए।

प्रकाशित: २५ वैशाख २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =