‘अगस्त्य’मा थपिए विजय, प्रमोद र रवीन्द्र, जेठ १२ देखि छायांकन हुने

हिमाल प्रेस २५ वैशाख २०८० १२:४२
4
SHARES
‘अगस्त्य’मा थपिए विजय, प्रमोद र रवीन्द्र, जेठ १२ देखि छायांकन हुने

काठमाडौँ- फिल्म ‘अगस्त्य’मा अभिनेता विजय बराल, प्रमोद अग्रहरि र रवीन्द्र झा अनुबन्धित भएका छन्। सौरभ चौधरीको लेखन र निर्देशन रहने फिल्ममा विजय, प्रमोद र रविन्द्र भित्रिएको निर्देशकले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका हुन्।

‘वेलकम टु द टिम’भनेर क्याप्सन लेख्दै उनले विजय, प्रमोद र रवीन्द्रको तस्बिर फेसबुकमा सेयर गरेका छन्। यसअघि फिल्ममा अभिनेता सौगात मल्ल, मलिका महत र नाजिर हुसेन जोडिएका थिए।

आगामी जेठ १२ गतेदेखि भारत उत्तरप्रदेशस्थित गोरखपुरबाट फिल्मको छायांकन सुरु गरिने निर्माण टिमले जनाइएको छ। डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मका निर्माता प्रकाश मल्ल र अनिश तामाङ हुन्। निर्देशक चौधरीले यसअघि फिल्म ‘लभ डायरिज’ निर्देशन गरेका थिए।

प्रकाशित: २५ वैशाख २०८० १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =