सहरमा आज

वर्षको अन्तिम शनिबार कहाँ के हुँदैछ?

हिमाल प्रेस २४ चैत २०८० ६:३३
294
SHARES
वर्षको अन्तिम शनिबार कहाँ के हुँदैछ?

काठमाडौँ- यस वर्षको आज अन्तिम शनिबार। अन्य साताजस्तै हामीले उपत्यकामा भइरहेको विभिन्न चित्रकला, फिल्म प्रदर्शन, नाटक मञ्चन, विमोचित कृतिहरूको बारेमा केही जानकारीमूलक सामग्री संकलन गरेका छौँ। जुन तपाईंको लागि महत्त्वपूर्ण हुनेछ।

कहाँ के हुँदैछ? हेरौँ

विमोचन कृतिः बुढीपोल्ली

खेम बतासको कथासङ्ग्रह ‘बुढीपोल्ली’ आज लोकार्पण हुँदैछ। बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा बिहान ११ बजे कार्यक्रम हुनेछ। कार्यक्रममा साहित्यकार राजन मुकारुङ, डा. बिन्दु शर्मा, बिना थिङ तामाङ र सोझो गाउँले वक्ताका रूपमा छन्। कार्यक्रम फणीन्द्र संगमले सहजीकरण गर्नेछन्। पुस्तक माया पब्लिकेसनले प्रकाशन गरेको हो।

ग्रयान्ड महाफिलको १२ औं शृङखला

कालिकास्थानस्थित सर्वनाम थिएटरमा दोस्रो सिजनको ग्रयान्ड महाफिलको १२ औं शृङखला हुँदैछ। हरेक दुई महिनामा हुने गजल कार्यक्रम दिउँसो २ बजे सुरु हुनेछ। यसपटक कार्यक्रममा गजलकार करुण थापा, शीतल कादम्बिनी, रूपक वनवासी, संगीता थापा, माधव खतिवडा, अर्पणा आपागाईंले गजल प्रस्तुत गर्नेछन्। प्रवेश शुल्क १ सय ५० रुपैयाँ छ।

हाइगा कला प्रदर्शनी

बबरमहलस्थित नेपाल कला परिषदमा हाइगा नामक कला प्रदर्शनी चलिरहेको छ। चैत २३ देखि सुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ। गोधुली दिनेशको प्रस्तुति रहेको प्रदर्शनी बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चल्नेछ।

लियो झन्कारको एकल चित्रकला प्रर्दशनी

बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा चित्रकार लियो झन्कारको एकल चित्रकला प्रदर्शनी चलिरहेको छ। पूर्वी पहाडको संस्कृतिलाई कलामार्फत उनले उतारेका छन्।

प्रदर्शनीमा ग्रामीण परिवेश, कृषि प्रणाली, संस्कृति र परम्परा झल्किने हाडी, नाङ्लो, चाल्नी, चकटी, कृषि सम्बन्धी, कुटो, कोदालोलगायतका सामग्रीहरु राखिएको छ।

मार्च २७ अर्थात चैत १४ देखि चलिरहेको प्रदर्शनीको आज अन्तिम दिन हो। प्रदर्शनी दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहनेछ।

स्टुडियो थिएटरमा ‘कि कुमार जेलमा कि कुमार रेलमा’

पिङ्गलास्थानस्थित स्टुडियो थिएटरमा नाटक ‘कि कुमार जेलमा कि कुमार रेलमा’ मञ्चन भइरहेको छ। नाटक चैत १६ देखि मञ्चन भइरहेको नाटक सुरजले निर्देशन गरेका हुन्।

सहलेशको लेखन रहेको नाटक विराटनगर इलाका प्रहरी कार्यालयको हिरासतमा गत अप्रिल १४ २०१९ मा ज्यान गुमाएका १५ वर्षीय दलित बालक किरण कार्की ढोलीको मृत्युको घटनामा आधारित छ।

मझुवा बगर जनकला मञ्चको प्रस्तुति रहेको नाटक वैशाख २ गतेसम्म मञ्चन हुनेछ। सोमबारबाहेक साताको प्रत्येक दिन साँझ साढे ५ बजे नाटक मञ्चन हुनेछ।

हलमा तीन नेपाली, तीन हिन्दी र दुई अंग्रेजी फिल्म

बद्रीबहादुर

फिल्म ‘बद्री बहादुर’ चैत २३ देखि प्रदर्शन भइरहेको छ। शोभित बस्नेत निर्देशित फिल्म कमेडी जनरामा बनेको छ। फिल्ममा निर्देशक शोभितसहित जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईंलगायत कलाकारको अभिनय छ।

विजय गोपाल दली प्रस्तुतकर्ता रहेको फिल्ममा रामकाजी घिमिरे लेखन छ। सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता मिथुन भोटे हुन्।

उपत्यकामा शनिबार बिएसआर मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स र कीर्तिपुर सिनेप्लेक्समा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, सिके सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स, अष्टनारायण पिक्चर्समा फिल्म चलिरहेको छ।

महाजात्रा

चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ। फिल्मले दोस्रो सातामा १० करोड १४ लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ।

यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो श्रृंखला हो। अघिल्ला श्रृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।

साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर, छाया सेन्टर, सिभिल मल, दरबार सिनेम्याक्स र लबिममा फिल्मको २६ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, बिएसआर मुभिज, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, अष्टनारायण पिक्चर्समा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स फिल्म महाजात्रा चलिरहेको अन्य हल हुन्।

अगस्त्य

फागुन १८ देखि फिल्म ‘अगस्त्य’ प्रदर्शन भइरहेको छ। निर्देशक चौधरीको लेखन र निर्देशनमा बनेको फिल्म भारतमा बेचिएकी नेपाली किशोरीको उद्धारको कथा छ।

फिल्ममा सौगात मल्ल, निश्चल बस्नेत, रविन्द्र झा, शिशिर बाङ्देल, प्रमोद अग्रहरि, नाजिर हुसेन, मलिका महत, विजय बराल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठीलगायत कलाकारको अभिनय छ।

उपत्यकामा रञ्जना सिनेप्लेक्समा फिल्मको एक सो छ।

घोस्टबस्टरर्सः फरेजन एम्पाइर

हलिउड फिल्म ‘घोस्टबस्टर्सः फ्रोजन एम्पायर’ चैत २३ देखि नेपालमा प्रदर्शन भइरहेको छ। एडभेन्चर र कमेडी जनरामा बनेको फिल्म गिल केननले निर्देशन गरेका हुन्। फिल्ममा मेक्कान ग्रेस, पल रड, बिल मुर्रेलगायतको कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, लबिम मल र सिभिल मलमा फिल्मको सात सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, सिके सिनेमाज, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स र अष्टनारायण पिक्चर्समा हलिउड फिल्म ‘घोस्टबस्टर्सः फ्रोजन एम्पायर’ चलिरहेको छ।

गोडजिला भर्सेस कङः द न्यु अम्पायर

हलिउड फिल्म ‘गोडजिला भर्सेस कङः द न्यु अम्पायर’ चैत १६ गतेदेखि नेपालमा प्रदर्शन भइरहेको छ। एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक एडम विंग्वड हुन्। गोडजिल्ला फ्रेन्चाइजीको ३८ औं र किङ कङको १३ औं श्रृंखला हो। फिल्ममा रेबेका हल, ड्यान स्टिभन्स र रचेल हाउस भ्वाइसलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको १४ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाजमा हलिउड फिल्म ‘गोडजिला भर्सेस कङः द न्यु अम्पायर’ चलिरहेको छ।

कुङफु पाण्डा ४

फागुन २५ देखि नेपालमा हलिउड फिल्म ‘कुङफु पाण्डा’को चौथो भाग प्रदर्शन भइरहेको छ। एक्सन एडभेन्चर, कमेडी र पारिवारिक जनरामा बनेको छ। फिल्मका निर्देशक माइक मिचेल र स्टेफनी स्टाइन हुन्। फिल्ममा एन्जेलिना जोली, ज्याक ब्ल्याक, ज्याकी च्यान, सेठ रोजेन, लुसी लिउ, डस्टिन होफम्यान, डेभिड क्रसलगायको अभिनय छ।

उपत्यकामा शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल र छाया सेन्टरमा फिल्मको तीन सो छ।

क्रू

बलिउड फिल्म ‘क्रू’ पनि चैत १६ देखि नेपालमा प्रदर्शन भइरहेको छ। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक राजेश कृष्णन हुन्। फिल्ममा तब्बु, करिना कपुर र कृति सेननलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर र छाया सेन्टरमा फिल्मको १५ सो छ।

आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्समा बलिउड फिल्म ‘क्रू’ चलिरहेको छ।

शैतान

थ्रिलर र हरर जनरामा बनेको बलिउड फिल्म ‘शैतान’ का निर्देशक विकाश बहल हुन्। फिल्म फागुन २५ देखि नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा अजय देवगन, माधवन, जानकी बोडिवाला मुख्य भूमिकामा छन्।

उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिलमा फिल्मको एक सो छ।

प्रकाशित: २४ चैत २०८० ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =