चलचित्र अध्ययन गर्ने १६ विद्यार्थीलाई छात्रवृत्ति

हिमाल प्रेस २५ माघ २०८१ २०:३५
12
SHARES
चलचित्र अध्ययन गर्ने १६ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ- चलचित्र विकास बोर्डले १६ जना विद्यार्थीलाई चलचित्रसम्बन्धी अध्ययनका लागि छात्रवृत्ति प्रदान गरेको छ।

माध्यमिक तहमा १, स्नातक तह पहिलो वर्षको लागि १२ जना, विद्यावारिधिको लागि १ र दर्शनाचार्यको लागि एक जनालाई छात्रवृत्ति प्रदान गरिएको बोर्डका अध्यक्ष दिनेश डीसीले जानकारी दिए।

उनले भने, ‘चलचित्र अध्ययन, अनुसन्धान एवं विद्वत वृत्तिका लागि प्रोत्साहन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ। यस वर्षबाट माध्यमिक तहमा अध्ययन गर्न चाहने विद्यार्थिले पनि छात्रवृत्ति पाउने व्यवस्था गरिएको छ।’ उनले छात्रवृत्ति बापतको रकम सम्बन्धित कलेजलाई हस्तान्तरण गरिएको बताए।

माध्यमिक र स्नातक तहका विद्यार्थीको छात्रवृत्ति अस्कर कलेजका संयोजक नवनिधि दाहाल र फिल्म क्याम्पस तथा संगीत विद्यालयका प्रधानाध्यापक शिशिर उप्रेतीलाई रकम हस्तान्तरण गरियो। बोर्डका अनुसार माध्यमिक तहको लागि १५ हजार, दर्शनाचार्य, विद्यावारिधी र स्नातक तह पहिलो वर्षको लागि ५० हजार छात्रवृतिका लागि उपलब्ध गराइएको छ।

प्रकाशित: २५ माघ २०८१ २०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast