नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुन्छ : प्रचण्ड

हिमाल प्रेस २४ वैशाख २०८० २१:२७
2
SHARE
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुन्छ : प्रचण्ड फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताएका छन्। आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नफस्ने बताएका हुन्।

उक्त विषयमा संसद्मा भएको बहसले सरकारको मनोबल बढाउने काम गरेको उनको भनाइ थियो। नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दबाब दिएर केही नहुने उनले बताए।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाईका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आफूले भनेको बताए।

प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने काम नगर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिइएको ओलीको भनाइ थियो। एमाले नेता टोपबहादुर रायमाझी एमालेको सम्पर्कमा नरहेको ओलीले बताए।

प्रकाशित: २४ वैशाख २०८० २१:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 5 =