दीप श्रेष्ठ र शक्ति बल्लभले पाए भक्तराज आचार्य संगीत सम्मान

हिमाल प्रेस २४ वैशाख २०८० १८:०४
4
SHARES
दीप श्रेष्ठ र शक्ति बल्लभले पाए भक्तराज आचार्य संगीत सम्मान

काठमाडौँ- भक्तराज आचार्य संगीत सम्मान दीप श्रेष्ठ र शक्ति बल्लभले पाएका छन्। सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा दिइएको उक्त पुरस्कार गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार बल्लभलाई दिइएको हो। उनीहरूलाई जनही नगद ५० हजार १ रुपैयाँ प्रदान गरिएको हो।

कार्यक्रममा ‘सुशीला आचार्य सु-स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको छ। २५ हजार रुपैयाँ राशिको उक्त पुरस्कार सांगीतिक क्षेत्रमा क्रियाशील स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो।

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा संगीतकार भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केही वर्षदेखि संगीत र कलाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रतिष्ठानसँग सहकार्य गर्दै आएको छ।

प्रकाशित: २४ वैशाख २०८० १८:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 6 =