नेपाल हिरा हो, यसलाई हामीले चम्काउनै पर्छ : विनोद चौधरी

हिमाल प्रेस २४ वैशाख २०८० १५:०९
8
SHARES
नेपाल हिरा हो, यसलाई हामीले चम्काउनै पर्छ : विनोद चौधरी

काठमाडौँ– उद्योगी एवं सांसद विनोद चौधरीले नेपाल प्रयोगमा नआएको हिरा भएको बताएका छन्।  नेपाल बिजनेश समिट २०२३ मा ‘कि नोट स्पिकर’का रूपमा मन्तव्य राख्दै आइतबार चौधरीले हिरालाई कसरी चम्काउने भन्ने कुरा सबैले जान्नैपर्ने बताएका हुन्।

‘हामीले हेर्दाहेर्दै दुबईलगायत देशले आफूलाई मरुभूमिबाट हिरामा परिणत गरे। तर हामी भने आफ्नै नाभीको कस्तुरी चिन्न नसकेर भौँतारिरहेका छौँ,’ उनले भने।

चौधरीले देशभित्र र बाहिर नेपाललाई माया गर्ने उद्यमशील व्यक्तिको अभाव नभएको बताए। ‘उनीहरुलाई नेपालमा लगानी गर्दा आनन्दित महसुस गराउनु पर्दछ,’ चौधरीले भने, ‘मुलुकको विकासका लागि लगानी गर्नेलाई सम्मान गर्नुपर्दछ।’

चौधरीले नेपालकोे आर्थिक विकासको द्रुत अभियान अहिले नै सुरु गर्नुपर्ने बताए। उनले भने, ‘हामीसँग युवाको बृहत् पंक्ति साथमा छ। त्यसैले विकासको अभियान सुर गर्ने अहिले नै हो। अबको १०/१५ वर्षपछि युवाको यो जोश खोजेर पाउने छैनौँ।’

चौधरीले नेपालका युवा विश्वका कुनै पनि देशका युवाभन्दा कम नभएकोसमेत बताए। ‘हाम्रा युवा शिक्षा, विदेशी भाषामाथिको पकड, विश्व मामिलासँगको समन्वय, प्रविधिको ज्ञान र केही गरेर देखाऔँ भन्ने सपनाले परिपूर्ण छन्,’ उनले भने।

प्रकाशित: २४ वैशाख २०८० १५:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =