‘परस्त्री’को पोस्टर सार्वजनिक

हिमाल प्रेस २४ वैशाख २०८० १५:३४
4
SHARES
‘परस्त्री’को पोस्टर सार्वजनिक

काठमाडौँ– फिल्म ‘परस्त्री’को पहिलो पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले फिल्मको चार पोस्टर सार्वजनिक गरेका हुन्।  जसमा कलाकार शिल्पा मास्के, कोशिस क्षेत्री र गौरव विष्ट बोल्ड अबतारमा देखिएका छन्।

आगामी असार १५ गते प्रदर्शन हुने फिल्म सुरज पाण्डेले निर्देशन गरेका छन्। निरज कँडेलले छायांकन गरेको फिल्ममा शिल्पा, कोशिस र गौरवसहित अलिसा क्षेत्री, आशान्त शर्मालगायतको पनि अभिनय छ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता शर्मिला पाण्डे हुन्। फिल्म नेपाल र भारतमा एकैदिन प्रदर्शन हुने निर्माण टिमले जनाएको छ।

प्रकाशित: २४ वैशाख २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =