यस्तो छ ‘परस्त्री’को गीत ‘माया बस्यो तिमीसँग’

हिमाल प्रेस १८ जेठ २०८० १५:१४
10
SHARES
यस्तो छ ‘परस्त्री’को गीत ‘माया बस्यो तिमीसँग’

काठमाडौँ- फिल्म ‘परस्त्री’को पहिलो गीत ‘माया बस्यो तिमीसँग’ सार्वजनिक गरिएको छ। फिल्म निर्माण टिमले आज (बिहीबार) म्युजिक नेपाल युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।

गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर छ। कोशिक क्षेत्री र केतन क्षेत्रीको शब्द एवं संगीत रहेको गीतमा उदयराज पौड्यालको संगीत संयोजन छ।

गीतको भिडियोमा फिल्मका कलाकार शिल्पा मास्के र गौरव विष्टलाई देख्न सकिन्छ। सामाजिक कथामा आधारित फिल्ममा शिल्पा, गौरव र कोशिकसहित गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ।

दीपेन्द्र के खनालको लेखन रहेको फिल्म सुरज पाण्डेको निर्देशन, निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ। फिल्म आगामी असार १५ गते प्रदर्शन हुनेछ।

डीएस डिजिटल प्रालिको ब्यानरमा बनेको फिल्ममा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेको संयुक्त लगानी गरेका छन्।

प्रकाशित: १८ जेठ २०८० १५:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =