‘परस्त्री’को हिन्दी गीत ‘होना था जो होने लगा’ सार्वजिनक

हिमाल प्रेस २१ जेठ २०८० १८:३७
10
SHARES
‘परस्त्री’को हिन्दी गीत ‘होना था जो होने लगा’ सार्वजिनक

काठमाडौँ- आगामी असार १५ गते प्रदर्शन हुने फिल्म ‘परस्त्री’को हिन्दी गीत ‘होना था जो होने लगा’ सार्वजनिक गरिएको छ। गीत आज (आइतबार) बिफोर यु म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। हिन्दी गीतमा अमित मिश्र र सोनल प्रधानको स्वर छ।

केके ब्रोदर्स (कोशिक क्षेत्री र केतन क्षेत्री)को संगीत रहेको गीतको हिन्दी शब्द रचना विनित त्रिपाठीले गरेका छन्। गीतको भिडियोमा फिल्मका कलाकार शिल्पा मास्के र गौरव विष्टलाई देख्न सकिन्छ। नेपाली र हिन्दीमा दुबै भाषाामा प्रदर्शन हुने फिल्म सामाजिक कथामा आधारित छ।

फिल्ममा शिल्पा र गौरवसहित कोशिक क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारको अभिनय छ। दीपेन्द्र के खनालको लेखन रहेको फिल्म सुरज पाण्डेको निर्देशन, निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादनमा बनेको छ।

डीएस डिजिटल प्रालिको ब्यानरमा बनेको फिल्ममा दीपेन्द्र के खनाल र शर्मिला पाण्डेको संयुक्त लगानी छ।

प्रकाशित: २१ जेठ २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =