धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, यातायात अवरुद्ध

हिमाल प्रेस २० वैशाख २०८० १३:२२
8
SHARES
धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, यातायात अवरुद्ध

मलेखु- पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ। बन्द भएको १८ घण्टापछि मंगलबार दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज मध्याह्न १२ बजेदेखि फेरि बन्द भएको हो।

धुनिबेँशी नगरपालिका-६ र थाँक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेश खोला पुल नजिकको  जमिन भासिएर ग्याबिन जाली लगाएकै ठाउँमा फेरि भ्वाङ परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। पुलको मुखमा सडक भ्वाङ परेपछि अहिले दुवैतर्फी सवारी आवागमन बन्द भएको छ।

नयाँ पुल निर्माणको लागि फाउण्डेसन खन्ने क्रममा पुरानो पुलको फाउण्डेसन भएको जमिन भासिन पुगेको हो। त्यही जमिन भासिएको ठाउँमा ग्याबिन जाली लगाएर सवारी सञ्चालनमा ल्याइएको थियो। अहिले फेरि जाली लगाएकै ठाउँमा भ्वाङ परेको स्थानीयले बताएका छन्। एकतर्फी सडक सञ्चालनमा ल्याइए पनि मंगलबारदेखि नै जोखिम भने टरेको थिएन। रासस

प्रकाशित: २० वैशाख २०८० १३:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =