नारायणगढ-मुग्लिन सडकमा पहिरोले ट्रक पल्टायो, यातायात अवरुद्ध

अत्यावश्यकबाहेक यो सडक प्रयोग नगर्न प्रशासनको अनुरोध

हिमाल प्रेस १८ असार २०८० ७:०७
6
SHARES
नारायणगढ-मुग्लिन सडकमा पहिरोले ट्रक पल्टायो, यातायात अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड। तस्बिर- रासस

काठमाडौँ- नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलमा सोमबार (आज) बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको हो।

पहिरोले एउटा ट्रक पल्टाएको छ भने पहिरो हटाउन सुरु गरिएको छ। अहिले सडक दुईतर्फी नै ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

पहिरो गएको स्थानमा ना. ६ ख ७१० नम्बरको ट्रक पल्टिएको हो। ट्रकका चालक सामान्य घाइते भएका छन्।

अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले बताए।

उक्त स्थानमा पटक-पटक पहिरो खसेको छ। आइतबार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो। यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो।

यो सडक हुँदै दैनिक हजारौं सवारीसाधन आउजाउ गर्ने गर्दछन्। पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ ओहोर दोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्। जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यकबाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ।

प्रकाशित: १८ असार २०८० ७:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twelve =