यातायात क्षेत्र सुधार प्रतिवेदन मन्त्री ज्वालालाई हस्तान्तरण

हिमाल प्रेस १८ माघ २०८० १५:२३
16
SHARES
यातायात क्षेत्र सुधार प्रतिवेदन मन्त्री ज्वालालाई हस्तान्तरण

काठमाडौँ-  यातायात क्षेत्रको सुधारका लागि बनेको सुझाव कार्यदलले भौतिक पूर्वाधर तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ। भौतिक पूर्वाधर यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा बिहीबार प्रतिवेदन बुझाएको हो।

मन्त्री ज्वालाले यातायात सुझाव कार्यदलको पूर्ण प्रतिवेदनका लागि कार्यदललाई धन्यवाद दिए। सुविधा समेत नलिएर कार्यदलले प्रतिवेदन बनाएर देशका लागि योगदान गरेको मन्त्री ज्वालाले बताए। कार्यदलले १९९ पृष्ठको प्रतिवेदन बुझाएका हुन्।

‘प्रतिवेदन राम्रो बनेको छ त्यहीअनुसार कार्यान्वनमा जानुपर्छ। यसको के के विषयलाई कसरी कार्यान्वयन गर्ने भन्ने तर्फ हामी लाग्ने छौँ,’ मन्त्री ज्वालाले भने, ‘यातायात क्षेत्र अस्तव्यस्त छ। त्यसैले यसको संरक्षण गर्ने कुरामा हामी केन्द्रित हुनुपर्छ। त्यसैले तत्काल यसलाई कार्यान्वयका लागि काम गर्ने कुरामा हामी प्रतिबद्ध छौँ।’

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वरले प्रतिवेदन कार्यान्वय भएमा उद्योगका धेरै समस्या समाधान हुने बताए। कार्यदलका सदस्य मधुसुदन आचार्यले यातायातअन्तर्गत पर्ने विभिन्न सात विषयगत वा क्षेत्रगत समस्या र समाधानको लागि गहन अध्ययन गरी कार्ययोजना बनाएको बताए।

प्रकाशित: १८ माघ २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =