भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा

हिमाल प्रेस ९ साउन २०८० १५:०५
24
SHARES
भदौदेखि देशभरका यातायात कार्यालयमा अनलाइन सेवा

काठमाडौँ– भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ। यातायात क्षेत्र सुधारका लागि संघीय सरकार, सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणपत्र जारी गर्दै अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा देशभर लागू गर्ने निर्णय गरेको हो।

चालक अनुमतिपत्रसम्बन्धी सेवालाई प्रविधिमैत्री बनाउन र यातायात कार्यालयमा देखिने भीड हटाउन भदौ १ गतेदेखि सबै यातायात कार्यालयमा विद्युतीय सेवा विस्तार गर्ने बैठकले निर्णय गरेको छ।

हाल गण्डकी प्रदेशको पोखरास्थिर यातायात कार्यालयमा मात्र यो सेवा सञ्चालनमा छ। उक्त कार्यालयमा अनलाइन सेवा सफल र प्रभावकारी भएपछि देशभर लागू गर्न लागिएको घोषणापत्रमा उल्लेख छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि धुुलिखेल घोषणापत्र जारी गरेका हुन्।
यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीसहित काभ्रेको धुलिखेलमा बैठक भएको थियो।

प्रकाशित: ९ साउन २०८० १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =