अखाद्य वस्तु मिसाएर मह उत्पादन, एक जना पक्राउ

हिमाल प्रेस १९ वैशाख २०८० २१:०९
4
SHARES
अखाद्य वस्तु मिसाएर मह उत्पादन, एक जना पक्राउ

काठमाडौँ- अखाद्य वस्तु मिसाएर मह उत्पादन गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले बूढानीलकण्ठ नगरपालिका-२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिले अखाद्य वस्तु मिसाएर मह उत्पादन गर्ने गरेको पाएकाे हो।

अखाद्य वस्तु मिसाएर मह उत्पादन गरेको भन्दै प्रहरीले ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको सूचनाका आधारमा सत्याललाई उद्योगबाटै पक्राउ गरिएको जानकारी दिए।

प्रहरीले सत्यालसँग सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद गरेको छ। उक्त महको बजार मूल्य करिब ५ लाख रुपैयाँ रहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। रासस

प्रकाशित: १९ वैशाख २०८० २१:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =