रुकुममा नक्कली मह नष्ट

हिमाल प्रेस ८ जेठ २०८० ९:००
10
SHARES
रुकुममा नक्कली मह नष्ट

रुकुम पूर्व– रुकुम पूर्वमा २ सय २२ किलो नक्कली मह नष्ट गरिएको छ। रुकुम पूर्वको भूमे गाउँपालिका-२ खाबाङ बगरमा बेवारिसे अवस्थामा रहेको महलाई प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको हो।

भूमे-२ स्थित इलाका प्रहरीचौकी काक्रिको टोलीले गस्तीको क्रममा ८ पहेलो जरकिनमा र १६ सानो प्लास्टिकको डिब्बामा राखेको अवस्थामा नक्कली मह शनिबार फेला पारेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जानकारी दिएको छ।

उक्त नक्कली महलाई सरोकारवाला निकायको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अञ्जना श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार यस्तो नक्कली मह बनाई बिक्री वितरण तथा अन्य प्रयोजनले नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले सो कार्य कसले किन र कहिलेदेखि गर्‍यो, यसमा कोको संलग्न छन भनी अनुसन्धान भइरहेको छ।

प्रहरीले यस अगाडि पनि ८० किलो भिर मौरीको मह जिल्लाभित्रै बेवारिसे अवस्थामा फेला परेको थियो। यसलाई जिल्लाको डिभिजन वन कार्यालयमा पठाई परीक्षण पश्चात लिलाम गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ८ जेठ २०८० ९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =