उद्योग वाणिज्य महासंघमा विज्ञ समूह गठन

हिमाल प्रेस १९ वैशाख २०८० २०:१०
4
SHARES
उद्योग वाणिज्य महासंघमा विज्ञ समूह गठन

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरिएको छ। अर्थतन्त्रमा निजी क्षेत्रको भूूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुुझाव लिने उद्देश्यले महासंघले विज्ञ समूह गठन गरेको हो।

विज्ञ समूहमा विभिन्न क्षेत्रमा जानकार एवं विशिष्ट व्यक्तिहरू राखिएको महासंघले जानकारी दिएको छ। महासंघका अनुसार विज्ञ समूहमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल, आयोगका पूर्वसदस्य डा. गणेश गुरुङ र पूर्वसचिव पुरुषोत्तम ओझा छन्। त्यस्तै पूर्वसचिव शिशिर ढुंगाना, अर्थविद्हरू केशव आचार्य र डा. कल्पना खनाल पनि विज्ञ समूहमा छन्।

समूहको पहिलो बैठक मंगलबार बसेको र वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक तथा सरकारले निजी क्षेत्रको विश्वास बढाउनुुपर्ने विषयमा छलफल गरिएको थियो।

विज्ञ समूहबाट महासंघका सल्लाह सुुझावलाई प्रभावकारी रूपमा सरकारमा पेस गर्न सहयोग पुग्ने विश्वास गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

प्रकाशित: १९ वैशाख २०८० २०:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =