रासायनिक कारखानामा विस्फोट हुँदा चीनमा ५ जनाको मृत्यु

हिमाल प्रेस १८ वैशाख २०८० २१:२९
2
SHARE
रासायनिक कारखानामा विस्फोट हुँदा चीनमा ५ जनाको मृत्यु

जिनान- रासायनिक कारखानामा विस्फोट हुँदा चीनमा ५ जनाको मृत्यु भएको छ। पूर्वी चीनको शानडोङ प्रान्तको लियाओचेङ सहरमा रासायनिक कारखानामा विस्फोट हुँदा ५ जनाको मृत्यु भएको र एक जना घाइते भएका छन्।

सोमबार बिहान लक्सी केमिकल ग्रूपको हाइड्रोजन पेरोक्साइड उत्पादन गर्ने क्षेत्रमा उक्त घटना भएको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन्। घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।

एक जना बेपत्ता रहेकाले खोजी र उद्धारको प्रयास भइरहेको बताइएको छ। घटनास्थलमा लागेको आगो नियन्त्रणमा लिइएको र घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। रासस/सिन्ह्वा

प्रकाशित: १८ वैशाख २०८० २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =