श्रमजीवी वर्गको अधिकार सुनिश्चिताले देश विकास हुन्छ : प्रदेश प्रमुख परियार

हिमाल प्रेस १८ वैशाख २०८० ११:३०
2
SHARE
श्रमजीवी वर्गको अधिकार सुनिश्चिताले देश विकास हुन्छ : प्रदेश प्रमुख परियार

काठमाडौँ- कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चिताले मात्र देशको विकास हुनसक्ने बताएका छन्।

प्रदेश प्रमुख परियारले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा मुलुकको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने असंख्या श्रमिकप्रति उनले सम्मान प्रकट गरे।

‘सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, संघर्ष र बलिदानबाट आठरआठ घण्टा काम, आराम र मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रुपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मनाइन्छ।’, उनले भनेका छन्।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको बताउँदै प्रदेश प्रमुख परियारले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, संगठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको जनाएका छन्।

देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रुपान्तरण सम्भव हुन नसक्ने भएकाले संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन वर्तमानको महत्वपूर्ण पक्ष भएको उनले बताएका छन्।

प्रकाशित: १८ वैशाख २०८० ११:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 17 =