नागरिकता विधेयक प्रमाणीकरणप्रति राप्रपा नेपालको आपत्ति

हिमाल प्रेस १७ जेठ २०८० २२:०१ | Wednesday, May 31, 2023
नागरिकता विधेयक प्रमाणीकरणप्रति राप्रपा नेपालको आपत्ति फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि त्यसको राप्रपा नेपालले आपत्ति व्यक्त गरेको छ। यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रहित प्रमाणीकरण नगरेको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि राप्रपा नेपालले त्यसको विरोध गरेको हो।

नेपाली नागरिकले नागरिकता पाउनु नैसिर्गिक अधिकार भए पनि गैरनेपालीले नागरिकता पाउनु नहुने र पाउने गरी कानुन बनाउनु नहुने राप्रपा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘नेपालजस्तो संवेदनशील भूराजनीतिक परिवेश भएको तथा छिमेकीसँग खुला सिमाना र बेरोकटोक आवागमनको सुविधा भएको देशले नागरिकता प्रमाणपत्र वितरणमा सदैव सजग रहनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १७ जेठ २०८० २२:०१ | Wednesday, May 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast