आयुर्वेद शिक्षाको विकास हुनुपर्नेमा झन् शिथिल हुँदै गयो : बालेन

हिमाल प्रेस १७ वैशाख २०८० १९:१२
8
SHARES
आयुर्वेद शिक्षाको विकास हुनुपर्नेमा झन् शिथिल हुँदै गयो : बालेन

काठमाडौँ– महानगरपालिकाका मेयर बालेन्द्र साहले आयुर्वेद देशलाई चिनाउनसक्ने माध्यम भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

आयुर्वेद शिक्षाका लागि सरकारीस्तरबाट धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ। आयुर्वेद विस्तार र विकास हुँदै जानुपर्नेमा झनै शिथिल बन्दै गएको बताउँदै उनले पहिला नेपालमा विदेशी पर्यटकहरू योगा, आयुर्वेदका लागि आउने गरेको तर पछिल्लो समय खस्कँदै गएको जनाए।

‘आयुर्वेदका लागि अझै धेरै गर्न बाँकी छ। पहिला जुन स्तरमा आयुर्वेद थियो त्योभन्दा बढ्दै जानुपर्नेमा शिथिल भएजस्तो लाग्छ। यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ। नेपालमा पहिला आउने पर्यटक देशको आयुर्वेदको लागि आउँथे, योगको लागि आउँथे। हाम्रो देश आफैँमा तपोभूमि हो। यसको प्रवर्द्धनको लागि आगमी दिनमा अझै धेरै काम गर्नुपर्छ। आइओएममा नाम ननिक्लिेपछि आयुर्वेदमा परीक्षा दिनेजस्तो देखिएको छ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − five =