यु-१६ राष्ट्रिय क्रिकेट : बागमती र कोशी फाइनलमा

हिमाल प्रेस १६ वैशाख २०८० १९:५८
2
SHARE
यु-१६ राष्ट्रिय क्रिकेट : बागमती र कोशी फाइनलमा

कैलाली- कैलालीको धनगढीमा जारी १६ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा बागमती र कोशी प्रदेश पुगेका छन्। शनिबार भएका सेमिफाइनलमा जित दर्ता गर्दै दुवै टिम फाइनलमा पुगेका हुन्।

सेमिफाइनलमा बागमतीले लुम्बीनी र कोशीले मधेश प्रदेशलाई हराएका हुन्। सेमिफाइनलकाे पहिलाे खेलमा कोशीले मधेश प्रदेशलाई ५८ रनले हराएको थियो।

कोशीले निर्धारित ३० ओभरमा ८ विकेटको क्षतिमा १५४ रन बनाएको थियो। जवाफमा ब्याटिङ गरेको मधेश प्रदेशले २४.५ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्रै बनाउन सक्यो।

त्यस्तै सेमिफाइनलको दोस्रो खेलमा बागमतीले लुम्बीनी प्रदेशलाई ७० रनले हराएको हो। पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित ३० ओभरमा ८ विकेटको क्षतिमा १७५ रन बनाएको थियो।

जवाफमा लुम्बनी प्रदेशले २८.१ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्रै बनाउन सक्यो। फाइनल आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ। फाइनल जित्नेले नगद २ लाख रुपैयाँ पुरस्कार पाउनेछ। त्यस्तै उपविजेताले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितालाई ध्यानमा राख्दै धनगढीमा यो प्रतियोगिता आयोजना गरेको हो। एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार सो प्रतियोगिता अगामी जेठ ३ गतेदेखि १४ गतेसम्म मलेसियामा हुनेछ।

प्रकाशित: १६ वैशाख २०८० १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =