गण्डकी सरकारको पहिलो निर्णय : यातायातमा सुधार

हिमाल प्रेस १५ वैशाख २०८० १८:४१
36
SHARES
गण्डकी सरकारको पहिलो निर्णय : यातायातमा सुधार

पोखरा- सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले यातायात क्षेत्रमा सुधार गर्नेबारे पहिलो निर्णय गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले विभिन्न ४ बुँदे निर्णय गरेको हो ।

यातायात व्यवस्था कार्यालयहरुबाट हुने सेवाप्रवाह प्रविधिमैत्री बनाउन र सवारीचालक अनुमतिपत्र वितरण प्रक्रिया छिटोछरितो बनाउन आवश्यक सुधारका सुझाव दिन कार्यदलसमेत गठन गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमागठित पाँच सदस्यीय कार्यदलले १५ दिनभित्र सुझाव दिनुपर्नेछ ।

यस्तै गण्डकी प्रदेशमा कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ सिंचाइ योजनाको विद्युत महसुलमा सत्प्रतिशतसम्म अनुदान दिने पनि निर्णय गरेको छ भने सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री सरस्वती अर्याललाई नियुक्त गरेको छ ।

बिहीबार मात्र मुख्यमन्त्री नियुक्त सुरेन्द्रराज पाण्डेले शुक्रबार ३ सदस्यीय मन्त्रिमण्डल बिस्तार गरेका थिए । प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार अपराह् आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ खुवाए । नवनियुक्त मुख्यमन्त्रीले नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी र माओवादी केन्द्रकी सुशीला सिंखडालाई विनाविभागीय मन्त्रीको सपथ खुवाए ।

गोरखा २(२) बाट प्रदेशसभामा निर्वाचित पाण्डेलाई बिहीबार प्रदेश प्रमुखले नेपालको संविधान १६८(२) बमोजिम गण्डकीको चौंथो मुख्यमन्त्रीको रुपमा नियुक्त गरेका थिए । गत ९ वैशाखमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार संसदमा विश्वासका मत गुमाएपछि पदमुक्त भएको थियो ।

प्रकाशित: १५ वैशाख २०८० १८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =