मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो स्पष्टीकरण

हिमाल प्रेस १० वैशाख २०८० १२:३०
2
SHARE
मुख्यमन्त्री यादवलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ– निर्वाचन आयोगले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ। उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना काम गरेको भन्दै उनलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा मतदान भइरहेका बेला यादव आइतबार पचरौता नगरपालिका क्षेत्रमा पुगेको थिए। आयोगले उनीसँग पचरौता गएको विषयमा स्पष्टीकरण सोधेको हो। स्पष्टीकरणको जबाफ २४ घण्टाभित्र दिन भनिएको छ।

आयोगको स्पष्टीकरणमा उल्लेख छ, ‘तपाईँ त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन? तपाईँको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लंघन हुन्छ, हुँदैन? निर्वाचन आचारसंहिता उलंघन गरेकोमा तपाईँलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कारवाही किन नगर्ने?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + nine =