मधेश प्रदेशका मुख्यमन्त्रीलाई सहयोगका लागि जसपाले बनायो समिति

हिमाल प्रेस १० फागुन २०७९ २०:२१
26
SHARES
मधेश प्रदेशका मुख्यमन्त्रीलाई सहयोगका लागि जसपाले बनायो समिति

जनकपुरधाम– जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले परामर्श समिति गठन गरेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्यसमेत रहेका पूर्वमुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरिएको हो।

परामर्श समितिको सदस्यहरूमा गोविन्द चौधरी, दीपक कार्की र लालकिशोर साहलाई राखिएको जसपाले जनाएको छ।

समितिले पार्टीको निर्देशनअनुसार मुख्यमन्त्री यादवलाई आवश्यक सल्लाह सुझाव र सहयोग गर्ने र पार्टी एवम् सरकारबीच समन्वयको काम गर्ने बताइएको छ।

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 18 =