मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

हिमाल प्रेस १५ माघ २०७९ १९:५५
4
SHARES
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त

जनकपुरधाम– मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुर नियुक्त भएका छन्। आइतबार (आज) नियुक्त भएका ठाकुरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम नवनियुक्त मुख्य न्यायाधिवक्ता ठाकुरलाई प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुंगेलले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + fifteen =