कर्णाली सरकारमा सहभागी हुने कांग्रेस नेताकाे नाम टुंगियाे

हिमाल प्रेस ५ वैशाख २०८० १९:२०
2
SHARE
कर्णाली सरकारमा सहभागी हुने कांग्रेस नेताकाे नाम टुंगियाे

सुर्खेत- नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो।

कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेत ‘क’बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेल, जाजरकोट प्रदेशसभा ‘ख’बाट निर्वाचित बेदराज सिंह र दैलेख–१ ‘क’बाट निर्वाचित सांसद कृष्णकुमार विसीलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।

पोखरेल सामाजिक विकास मन्त्री, सिंहलाई आर्थिक मामिला तथा योजनामन्त्री र विसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीका लागि सिफारिस गरिएको छ।

कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने, २०७८ वैशाखमा भएको सहमतिअनुसार सिफारिस गरिएको कांग्रेसले बताएको छ। कर्णाली प्रदेशमा मन्त्रालयको संख्या मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ कायम गर्ने सहमति वैशाखमै भएको थियो।

सो सहमति कार्यान्वयनका लागि मंगलबार मन्त्रिपरिषद् बैठक बस्दैछ। त्यसलगत्तै कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथको कार्यक्रम रहेको छ।

प्रकाशित: ५ वैशाख २०८० १९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =