हर्क सम्पाङले बोलाएको बैठकमा वडाध्यक्षहरू अनुपस्थित

हिमाल प्रेस ४ वैशाख २०८० २१:०९
12
SHARES
हर्क सम्पाङले बोलाएको बैठकमा वडाध्यक्षहरू अनुपस्थित

इटहरी– सोमबार (आज) बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ। वडाध्यक्षहरूले राखेको माग मेयर हर्क साम्पाङले सम्बोधन नगरेको भन्दै उनीहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।

बैठकमा मेयर, उपमेयर आइन्द्रविक्रम वेघा, वडा ६ का वडाध्यक्ष भुपेन्द्र भट्टराई, वडा १४ का कृष्ण भट्टराई र वडा ४ का वडाध्यक्ष धनबहादुर राईमात्र उपस्थित भएपछि बैठक स्थगित भएको छ।

उपमहानगरका २० जना वडाध्यक्षमध्ये ३ जनामात्रै उपस्थित भएपछि गणपुरक संख्या नपुगेका कारण बैठक स्थगित भएको उपमहानगरले जनाएको छ। केही समयअघि मेयर साम्पाङका स्वकीय सचिव सुदर्शन लिम्बूले वडाध्यक्षहरू होच्याउने आशयले पत्र पठाएको भन्दै सो विषयप्रति मेयरले आत्मआलोचनासहित माफी माग्नुपर्ने वडाध्यक्षहरूको अडान छ। सोही अडानका कारण वडाध्यक्षहरू बैठकमा अनुपस्थित भएका हु्न्।

यसअघि उनीहरूले पत्रकार सम्मेलन गरेर आफूहरूका माग सार्वजनिक गरेका थिए। उक्त मागहरू सम्बोधन नभएका कारण सोमबार बोलाइएको बैठकमा आफूहरू अनुपस्थित हुनसक्ने वडा १७ का वडाध्यक्ष सूर्य भट्टराई (मनोज)ले अग्रिम जानकारी गराएका थिए। यसअघि ०७९ चैत्र १ गते कार्यपालिका बैठक बसेकोमा बैठक एजेन्डामा नै प्रवेश नगरी स्थगित भएको थियो।

वडाध्यक्षहरूले मेयर साम्पाङले आफूहरूको राय, सल्लाह नलिई आफूखुसी निर्णय गरेको, स्वकीय सचिवलाई अनधिकृत रूपमा उपमहानगरको लेटर प्याड प्रयोग गर्न दिएकोलगायत असन्तुष्टि जनाउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =