उपनिर्वाचन : सेना परिचालनका लागि राष्ट्रपतिले दिए स्वीकृति

हिमाल प्रेस ३ वैशाख २०८० १७:४९
20
SHARES
उपनिर्वाचन : सेना परिचालनका लागि राष्ट्रपतिले दिए स्वीकृति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

सरकारले सुरक्षा निकायहरूबीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि उपनिर्वाचनमा सेना परिचालनका लागि स्वीकृति मागेको थियो ।

आज राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

प्रकाशित: ३ वैशाख २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =