वार्षिकोत्सवको अवसरमा नर्भिक अस्पतालको प्रभातफेरी

हिमाल प्रेस ३ वैशाख २०८० १६:१६
2
SHARE
वार्षिकोत्सवको अवसरमा नर्भिक अस्पतालको प्रभातफेरी

काठमाडौँ- नर्भिक इन्टरनेसनल हस्पिटलले ३०औँ वार्षिकोत्सवको अवसरमा आइतबार प्रभातफेरी कार्यक्रम गरेको छ। अस्पतालले अस्पताल परिसरबाट प्रभातफेरी सुरु गरी त्रिपुरेश्वर, भद्रकाली, माइतीघर हुँदै पुनः अस्पताल परिसरमै आएर समापन गरेको हो।

प्रभातफेरीमा अस्पतालका उच्च व्यवस्थापनका अधिकारी, चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो। प्रभातफेरिमा सहभागीले विभिन्न स्वास्थ्यसँग सन्देशमूलक नारा लेखिएका प्लेकार्डहरू बोकेका थिए।

नर्भिकले आफ्नो वार्षिकोत्सव विभिन्न कार्यक्रम भव्यतापूर्वक मनाइरहेको छ। सोहीअनुसार सोमबार अस्पताल परिसरमै वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

अस्पतालले ३०औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अफर पनि सार्वजनिक गरेको छ। वार्षिकोत्सवको अवसरमा अस्पतालका सबै स्वास्थ्य प्याकेजमा वैशाख १ गतेदेखि ८ गतेसम्म ३० प्रतिशत छुटको घोषणा गरिएको छ।

प्रकाशित: ३ वैशाख २०८० १६:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =