नर्भिक अस्पतालमा मिर्गौैला प्रत्यारोपण सुरु

हिमाल प्रेस १८ पुष २०७९ १५:०३
6
SHARES
नर्भिक अस्पतालमा मिर्गौैला प्रत्यारोपण सुरु

काठमाडौँ– नर्भिक इन्टरनेशनल हस्पिटलले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको छ। ३० वर्षदेखि स्वास्थ्य सेवा दिँदै आएको अस्पतालले आज, सोमबारदेखि मिर्गौला प्रत्यारोपण सेवाको सुरुवात गरेको हो। सोमबार आयोजित कार्यक्रममा दुई जनाको मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ। अस्पतालका विज्ञ चिकित्सक डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो।

मल्टिस्पेसालिटी हस्पिटल भएका कारण मिर्गौला प्रत्यारोपण अघि र पछि देखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि सहजै गरिने अस्पतालले जनाएको छ।

प्रकाशित: १८ पुष २०७९ १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =