कोशी प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना

हिमाल प्रेस ३ वैशाख २०८० ६:४७
4
SHARES
कोशी प्रदेशमा वर्षा, तराईमा हावाहुरीको सम्भावना प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- कोशी प्रदेशमा आज (आइतबार) वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभाग र देशका बाँकी पहाडी भूभागका केही ठाउँमा वर्षाको सम्भावना रहेको हो। यस्तै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना पनि छ।

‘तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना छ। नेपालमा वर्षाका गतिविधि कम भएको र डढेलोका घटनाहरू बढेसँगै प्रदूषणसमेत वृद्धि भइरहेको छ,’ महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘त्यसैले मेघगर्जनरचट्याङ, हावाहुरी , डढेलो र प्रदूषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’

हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। अहिले हाल बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८० ६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =