किरणको निर्देशनमा ‘बाखाम्मा : मुन्दुममा मान्छे’ मञ्चन

हिमाल प्रेस १४ वैशाख २०८१ १३:१७
364
SHARES
किरणको निर्देशनमा ‘बाखाम्मा : मुन्दुममा मान्छे’ मञ्चन

काठमाडौँ- किरण चाम्लिङ राईको निर्देशनमा नाटक ‘बाखाम्माः मुन्दुममा मान्छे’ मञ्चन हुने भएको छ। नाटक  वैशाख १४ (आज) देखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको हो।

किरात राई जातिका मानिसहरू धेरैले सुनेको तर कम ध्यान दिएको मुन्दुमि पात्र हुन्- ‘बाखाम्मा’ । मुन्दुमका अनुसार निराकार सृष्टिकर्ता रुमुहाङ (पारुहाङ)ले खरानी र माटोलाई शीतमा मुछेर बनाएको आकृति नै बाखाम्मा हुन्।

नाटकमा किरात राई समुदायले विवाहकर्म गर्दा आजसम्म विश्वासका साथ चलिरहेको संस्कार, सभ्यता विकासको क्रममा निर्माण गरेको रैथाने संस्कृति, अनुभव, ज्ञान अथवा सांस्कृतिक सौन्दर्यलाई मौलिक दृष्टिबाट हेर्ने उद्देश्यले नाटक मञ्चन गर्न लागेको निर्माण टिमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

किरात राईहरूको आफ्ना अनेकौं उत्पत्तिकथामध्ये एउटा रहस्यात्मक कथा नाटकमार्फत प्रस्तुत गरिएको विज्ञप्तिमा भनिएको छ। ‘यो प्रयासले जराको खोजी गर्ने सांस्कृतिक पहिचानको आन्दोलनलाई बल दिन्छ भन्ने विश्वास गरिएको छ।’

राजन मुकारुङको लेखन रहेको नाटकमा केन्द्र मोसन्सको प्रस्तुति छ।

नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राइर्, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राईको अभिनय छ।

नाटक सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे पाँच बजे मञ्चन हुनेछ। साताको दुई  दिन शुक्रबार र शनिबार  दिउँसाे एक बजेको अतिरिक्त सो पनि हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − ten =