महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

हिमाल प्रेस २९ चैत २०७९ १५:४८
4
SHARES
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरूले विभिन्न संस्थाहरूलाई सहयोग गरेका छन्। बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

बैंकको टिकापुर शाखाले टिकापुर नगरपालिका–१ म रहेको जालवादेवी सेवा समितिलाई आठ थान सीसी क्यामरा सहयोग गरेको हो। मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिरलगायतका ठाउँमा सम्भावित चोरीलगायतको पहिचानमा सहयोग पु¥याउने उद्देश्यले बैैंकले उक्त सहयोग गरिएको बताएको छ।

टीकापुर शाखाका प्रमुख पदमबहादुर कठायत र टीकापुर– १ का वडाध्यक्ष मोहन बिकले संयुक्त रूपमा जालवादेवी सेवा समितिका अध्यक्ष हर्कबहादुर रावललाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

त्यस्तै बैंकको महेन्द्रनगर शाखाद्वारा समाज कल्याण अञ्चल बालअनाथालयलाई खाद्यान्न, झोला, खेलकुदलगायत सामग्री हस्तान्तरण गरेको बैंकले बताएको छ।
अनाथालयमा रहेका २६ बालबालिकालाई आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकको भनाइ छ।

महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले संयुक्त रुपमा समाज कल्याण अञ्चल बालअनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

त्यस्तै बैंकको डडेलधुरा शाखाले अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न सहयोग गरेको छ।

प्रकाशित: २९ चैत २०७९ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 6 =