विभिन्न संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग

हिमाल प्रेस २ साउन २०८० १९:५७
2
SHARE
विभिन्न संस्थालाई महालक्ष्मी विकास बैंकको सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, स्वास्थ्य प्रतिष्ठान, रोटरी क्लब, मन्दिर, टोल सुधार समिति, प्रहरी कार्यालय तथा आश्रमलाई आर्थिक सहयोग गरेको हो।

बैंकको चितवनस्थित हाकिमचोक शाखाले गैडाकोट नगरपालिका–३ मा रहेको भुजेल गाँउका अतिविपन्न घरधुरीका शौचालय रंगरोगनलगायतका लागि दुई लाख पचास हजार रुपैयाँ बराबर आर्थिक सहयोग गरेको हो।

त्यस्तै नेपालगञ्ज शाखाले कोहलपुर नगरपालिका–९ मा रहेको निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई मेसिन सहयोग गरेको छ। बैंकको अछामस्थित साँफे शाखाले बान्नीगढी जयगढ गाँउपालिका-१ गाँज्रामा रहेको राष्ट्रभाषा माध्यमिक विद्यालयलाई पर्खाल तथा खेल मैदान निर्माण र प्रभावकारी कक्षा सञ्चालनका लागि एक लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो। बैंकका विराटनगरलगायत शाखाले पनि विभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेका छन्।

प्रकाशित: २ साउन २०८० १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 2 =