महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति उपलब्ध

हिमाल प्रेस १७ असार २०८० १८:०३
4
SHARES
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति उपलब्ध

काठमाडौँ- महालक्ष्मी विकास बैंकले वीरगञ्जमा रहेको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालयमा अध्ययनरत जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ति उपलब्ध गराएको छ।

कक्षा ९ मा अध्ययनरत राजवंशीलाई छात्रवृत्ति उपलब्ध गराइएको बैंकले जानकारी दिएको छ। बैंक सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुंगटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकमार्फत राजवंशीलाई छात्रवृत्ति हस्तान्तरण गरे।

हिरा गिरी जेहेन्दार छात्रवृत्ति महालक्ष्मी फाइनान्सका संस्थापक स्व. हिरा गिरीको स्मृतिमा स्थापना गरिएको काेष हो। अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकको भनाइ छ।

प्रकाशित: १७ असार २०८० १८:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =