अनुशासन समितिमा ढाकाकुमारको बयान : अडियोमा भएको आवाज मेरो होइन

हिमाल प्रेस २८ चैत २०७९ १९:००
20
SHARES
अनुशासन समितिमा ढाकाकुमारको बयान : अडियोमा भएको आवाज मेरो होइन

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगको दुई करोड डिल गरेको अडियो आफ्नो नभएको दाबी गरेका छन्। पार्टीको अनुशासन समितिलाई बयान दिँदै उनले अडियोमा भएको आवाज आफ्नो नभएको दाबी गरेका हुन्।

त्यस्तै अनुशासन समितिले यो प्रकरणमा प्रतिवेदन पनि तयार पारिसकेको र आजै सभापति रवि लामिछानेलाई बुझाउने तयारी गरेको समितिका संयोजक भरत देवकोटाले जानकारी दिए।

समितिको बयानमा आफूले दुर्गा प्रसाईंलाई नचिनेको पनि दाबी गरेका छन्। रास्वपाले यसबारे निर्णय बुधबार गर्ने जनाएको छ। बुधबार रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ।

प्रकाशित: २८ चैत २०७९ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =