आइएमई पेबाट बिमा पोलिसी नवीकरण गर्न सकिने

हिमाल प्रेस २६ चैत २०७९ २१:१२
2
SHARE
आइएमई पेबाट बिमा पोलिसी नवीकरण गर्न सकिने

काठमाडौँ- आइएमई पे वालेटबाट आइएमई लाईफ इन्स्योरेन्सको बिमा पोलिसी नवीकरण गर्न सकिने भएको छ। आइएमई ग्रूपअन्तर्गत आइएमई डिजिटल सोलुसनले बिमा सेवा भुक्तानीअन्तर्गत सेवाग्राहीका लागि उक्त व्यवस्था गरेको हो।

सेवाग्राहीले आइएमई पे एप डाउनलोड गरी सोमार्फत ‘इन्स्योरेन्स’को ‘पे प्रिमियम’मा गई ‘आइएमर्ई लाईफ नवीकरण’ गरी पोलिसी नवीकरणको प्रक्रिया अगाडि बढाउन मिल्नेछ।

सो सेवाले ग्राहकलाई भौतिक रूपमा बिमा कार्यालय जान नपर्ने र समयमै बिमा पोलिसी नवीकरण गर्न प्रोत्साहनमा सहयोग पुग्ने अपेक्षा कम्पनीले गरेको छ।

प्रकाशित: २६ चैत २०७९ २१:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + fourteen =