आइएमई लाईफको आईपीओ ‘ओभर‌ सस्क्राइभ्ड’

हिमाल प्रेस २४ असार २०८० २०:१८
2
SHARE
आइएमई लाईफको आईपीओ ‘ओभर‌ सस्क्राइभ्ड’

काठमाडौँ- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर ‘ओभर‌ सस्क्राइभ्ड’ भएको छ। आइतबार तेस्रो दिन बेलुकासम्म कम्पनीको सेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएका छन्।

कम्पनीले १ सय ३६ रुपैयाँ ९१ पैसा प्रिमियम थपेर २३६ रुपैयाँ ९१ पैसा दरमा १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको थियो।

त्यसमध्ये १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीलाई वितरण गरिकेको कम्पनीले जानकारी दिएको छ।

त्यस्तै ५ प्रतिशत अर्थात् ६ लाख कित्ता सामूहिक लगानी कोष र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता संस्थाका कर्मचारीलाई छुट्याएर बाँकी ९६ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको थियो। आइएमई लाईफले बीमा क्षेत्रमा पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको हो।

प्रकाशित: २४ असार २०८० २०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =