आइएमई पेमार्फत एयरलाइन्स टिकेट काट्दा छुट

हिमाल प्रेस २५ भदौ २०८० १७:१०
आइएमई पेमार्फत एयरलाइन्स टिकेट काट्दा छुट

काठमाडौँ- डिजिटल वालेट ’आइएमई पे’मार्फत एयरलाइन्सको टिकट काट्दा छुट दिने भएको छ।

टिकट काट्दा प्रोमो कोड प्रयोग गरी फ्ल्याटमा ५ सय रुपैयाँ क्यासब्याक गर्ने बताएको हो। सेवाग्राहीले आइएमई पेमार्फत पहिलोपटक टिकट खरिद गर्दा ‘फ्लाइआइएमई’ प्रोमो कोड प्रयोग गर्दा ५ सय रुपैयाँ क्यासब्याक पाउन कम्पनीको भनाइ छ।

सेवाग्राहीलाई विद्युतीय भुक्तानीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले उक्त अफर ल्याइएको कम्पनीको भनाइ छ। अफर आइतबारदेखि सुरु भइसकेको छ। टिकट काट्ने पहिलो १ हजार योग्यसेवाग्राहीलाई छुट तथा क्यासब्याक प्रदान गरिने कम्पनीले बताएको छ।

प्रकाशित: २५ भदौ २०८० १७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 5 =