‘आइएमई पे’को नयाँ अफर, १ रूपैयाँको खेलमा सामसङको मोबाइल जित्ने अवसर

हिमाल प्रेस ११ जेठ २०८० १५:४३
8
SHARES
‘आइएमई पे’को नयाँ अफर, १ रूपैयाँको खेलमा सामसङको मोबाइल जित्ने अवसर

काठमाडौँ– ‘आइएमई पे’ले नयाँ अफर सार्वजनिक गरेको छ। आइएमई पेमा १ रुपैयाँको खेल खेलेर ‘सामसङ ग्यालेक्सी ए १४ फाइभ जी’ मोबाइल जित्ने अवसरसहितको नयाँ अफर ल्याएको हो। त्यसका लागि आइएमई पे एपमा ‘रु. १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल सार्वजनिक गरिएको कम्पनीले जानकारी दिएको छ।

उक्त अफर हिजो (बुधबार) देखि लागू भइसकेको छ। एक हप्ताका लागि अफर सार्वजनिक गरिएको कम्पनीको भनाइ छ। ‘अफरमा आइएमई पे प्रयोगकर्ताले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए–१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्ने छन्,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

उक्त खेल खेल्न प्रयोगकर्ताले आइएमई पे एपको होमपेजमा ‘रु १ मा के’ ब्यानरमा गएर खेल्न सक्नेछन्। एक हप्ता अवधिमा धेरै पटक १ रुपैयाँ तिरेर उक्त खेल खेल्न सक्ने कम्पनीको भनाइ छ।

अफरको अन्त्यमा १ जना भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सञ्जालमार्फत हुने कम्पनीले बताएको छ। अफरको अन्त्यमा अन्य सहभागीहरूको पैसा फिर्ता गरिने पनि कम्पनीको भनाइ छ।

प्रकाशित: ११ जेठ २०८० १५:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =