लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता

हिमाल प्रेस २६ चैत २०७९ १९:१९
4
SHARES
लक्ष्मी केयर्सको अरेन्ज भाइब्स २०२३ मा उत्साहजनक सहभागिता

काठमाडौँ- लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले अरेन्ज भाइब्स नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा दिपक बज्राचार्य र रिद्म ब्याण्डको सांगितिक प्रस्तुतिका साथै नेपालका विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रख्यात सेफ सन्तोष साहको पनि उपस्थिति थियो। कार्यक्रममा विभिन्न पेशा तथा व्यवसायमा संलग्न १ हजार २०० जनाभन्दा बढीको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।

कार्यक्रमबाट संकलित रकम लक्ष्मी केयर्सको वातावरण संरक्षण तथा नविकरणीय उर्जा प्रवद्र्धन लगायत सामाजिक कार्यमा उपयोग गरिने बताइएको छ। यसअघि लक्ष्मी केयर्सले बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली-सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण कार्यक्रम गरिसकेको छ।

प्रकाशित: २६ चैत २०७९ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =